अमितको चोटले सन्दीपको प्लेइङ सेटमा पर्ने सम्भावना


अमितको चोटले सन्दीपको प्लेइङ सेटमा पर्ने सम्भावना

एजेन्सी । दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्राले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् ।

हातको औलामा लागेको चोटका कारण भेट्रान स्पिनर अमितले आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।

३७ वर्षीय अमितले कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा चोट बोकेका थिए । सारजाहमा शनिबार भएको खेलमा दिल्लीले कोलकत्तालाई १८ रनले हराएको थियो ।

अमितले चोट बोकेसँगै दिल्लीको टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउने सम्भावना बढेको छ ।

लगातार तेस्रो वर्ष आईपीएल खेलिरहेका सन्दीप यस पटक भने बेन्चमै सिमित हुँदै आइरहेका छन् ।

दिल्लीले ४ खेल खेल्दा सन्दीपले मौका पाएका छैनन् ।

अमितको चोटले भने सन्दीपको प्लेइङ सेटमा पर्ने सम्भावना बढेको छ ।

दिल्लीले सोमबार रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ ।

अघिल्ला ४ खेलमा ३ जितसहित ६ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...