देशभर थप एक हजार ५ जना कोरोना संक्रमित, उपत्यकामा ६७४


देशभर थप एक हजार ५ जना कोरोना संक्रमित, उपत्यकामा ६७४

पछिल्लो २४ घण्टामा थप एक हजार ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ।

यो सँगै नेपालमा  ४७ हजार २ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्।

नेपालमा २४ घण्टामा  थप १६ जनाको मृत्यु भएको  जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  दिएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ४२७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...