देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, उपत्यकामा ५१२


देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, उपत्यकामा ५१२

काठमान्डौ, २४ घण्टामा देशभर ११७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यससँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्‍टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमित १५ हजार ३९३ जना रहेको छ ।  यस्तै बितेको २४ घण्टामा ८८९ जना संक्रमणमुक्त भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ३९ हजार ५७६ पुगेको छ ।

बितेको २४ घण्टामा १०,८७८ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ३६० पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...