durbar-times

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग किन जङ्गिए देउवा


विराटनगर विमानस्थलमा  पत्रकारहरूसँग किन जङ्गिए देउवा

विराटनगर | कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारहरूसँग जङ्गिएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूले कांग्रेस सरकारमा जान्छ कि जान्न भन्ने प्रश्न दोहोराएपछि देउवा रिसाएका हुन् ।

'कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, लौ जानुस् भयो।’ उनले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

ओली सरकारका विरूद्ध अविश्वासको प्रस्ताव कहिले आउला भन्ने विषयमा उनले केही बताउन चाहेनन्। अविश्वासको प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने सवाल गर्दा पनि उत्तर दिन मानेनन्।

केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभापति देउवा विराटनगर पुगेका हुन् ।


1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send