नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर जान प्रस्ताव गरेका छन् ।
बुधबार दिउँसो कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल गर्न कांग्रेसले भोलिका लागि पदाधिकारी बैठक बोलाएको छ ।