Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

देवघाटमा बालिका आश्रम बन्दै


देवघाटमा बालिका आश्रम बन्दै

भरतपुर | देवघाटधाममा  बालिका आश्रम बन्ने भएको  छ । रु पाँच करोडमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ ।

भवनमा ३२ कोठा रहनेछन् । भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २० लाख, वाग्मती प्रदेशबाट २० लाख र वडा कार्यालयले तीन लाख बजेट विनियोजन गरेका छन् ।

प्रतिष्ठानका महासचिव रामेश्वरप्रसाद खनालले भवनमा कन्या गुरुकुलम सञ्चालन गरिने लक्ष्य रहेको बताए । उनका अनुसार १०८ जनालाई आवासीय रुपमा गुरुकुल शिक्षा दिने योजना रहेको छ । ‘वेद, भागवत, शास्त्रको ज्ञाता र संस्कारसहितको शिक्षा दिन भवन सहयोगी हुनेछ’, उनले भने ,“स्रोत जुटेमा भवनको सबै संरचना छिट्टै बनाइनेछ ।”

उनले यो वर्ष भवनको पहिलो तला निर्माण सक्ने लक्ष्य रहेको बताए। रामजानकी बालिका आश्रममा हाल ३२ जनाले आवासीय सुविधा लिएका छन् । आश्रमकी अध्यक्ष सावित्री टण्डनले ३९ बालिकालाई परिवारको खोजी गरी परिवारमा पुनःस्थापना गरिएको बताए ।

आश्रममा १५० भन्दा धेरै दैनिक भोजन गराउने अभिभावकका रुपमा सूचीकृत भइसकेका छन् । आश्रम सञ्चालनमा मासिक डेढ लाख खर्च हुने गरेको टण्डनले बताउनुभयो । आश्रममा २१ जिल्लाका बालिका आश्रित छन् ।

यो पनि पढ्नुहोस्:

1

डा.बाबुराम भट्टराईको छिट्टै शल्यक्रिया नगरे क्यान्सरको सिकार बन्न सक्ने

2

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

3

बढ्याे सुनकाे भाउ

4

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

5

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?

6

आजको राशिफल


Share Tweet Send