धान झार्ने क्रममा मेसिनमा बेरिएर एकको मृत्यु


धान झार्ने क्रममा मेसिनमा बेरिएर एकको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ को  ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो।

‘खेतमा धान थ्रेसर गर्ने क्रममा मेसिनमा परेर साउँदको मृत्यु भएको हो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएका छन् ।’

उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए। रासस


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...