चियामा आत्मनिर्भर बन्दै धनकुटा : निर्यात बढ्दै


चियामा आत्मनिर्भर बन्दै धनकुटा : निर्यात बढ्दै

धनकुटा | आर्थिक बर्ष २०७६/७७मा धनकुटाबाट ६२ हजार किलो तयारी चिया निर्यात भएको छ ।

स्थानीय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टी स्टेट र गुराँसे टी स्टेटबाट यो परिणामको चिया निर्यात भएकोे राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

नारायणी टी स्टेटबाट२२ हजार किलो चिया निर्यात भएको छ भने गुराँसे टि स्टेटबाट ४० हजार किलो चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ ।

धनकुटामा ५ हजार ३६ किसान चिया खेतिमा संग्लन रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाले जनाएको छ ।

शिक्षक पेसा त्यागेर केरा खेतीमा
दाङ- दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन्। लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुसालले बगरमा केरा खेती गरेका छन्। राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केराखेती गरेको उनले बताए। “पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछ…
कपास खेती गर्ने किसानलाई रु दश लाख
खोटाङ | खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो । पछिल्लो समय सङ्कटमा पर्दै गए…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...