Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

धनगढीमा प्रधानमन्त्रीले गरे विराेधकाे सामना


धनगढीमा प्रधानमन्त्रीले गरे विराेधकाे सामना

पार्टी विभाजनपछि पहिलोपटक काठमाडौं बाहिर निस्केका प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी पुग्दा सडकमा प्रचण्ड र प्रचण्ड-माधव नेपाल पक्षका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

कडा सुरक्षाबीच प्रचण्ड-माधव पक्षका कार्यकर्ताले कालो झण्डा र टायर बाल्न खोजे पनि उनीहरुलाई प्रहरीले भगाएका थियो । मध्यान्ह धनगढी विमानस्थलमा उत्रिदा प्रधानमन्त्रीलाई संघीय सरकारका चार मन्त्री सहित नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा सहित सयौं कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको स्वागत ठाउँमा ब्यानर, स्वागतद्वार र मोटरसाइकल र्याली निकालिएको छ । नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई केहीबेरमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

1

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

2

निफ्राको शेयर कारोबार ९० करोड रुपैयाँ

3

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

4

बियरिस ट्रेन्डमा नेप्से, लगानीकर्ता भन्छन् सामान्य करेक्सन हाे

5

राजेन्द्र महतोको प्रचण्ड–नेपाललाई प्रश्न: तपाईंहरुको कुन पार्टी हो ?

6

अब अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने


Share Tweet Send