धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती प्रदेश सरकारद्वारा रंगशाला निर्माणका लागि तीन करोड


धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती प्रदेश सरकारद्वारा रंगशाला निर्माणका लागि तीन करोड

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्नुका साथै सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने जानकारी दिए ।

मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै यो गौरवको आयोजना भएको बताए, उनले भने, ‘आगामी बर्षलाई पनि सरकार छ भन्ने सम्झनू।’

फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै खुसी व्यक्त गरे । उनले सरकारले शुरूमा जग्गा उपलब्ध गराएको र अहिले आर्थिक रकम उपलब्ध गराएको भन्दै धन्यवाद दिए । ‘अवस्था समस्याजनक छ तर, पनि काम गर्दैछौं,’ उनले भने, ‘बजारमा सात करोड तिर्न बाँकी छ। हामीले हिम्मत हारेका छैनौं।’ उनले रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी पनि दिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...