http://bit.ly/bajajdurbartimes

मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ


मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ

मकवानपुर — गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताए । दिक्छेन हेटौंडा–१२ स्थित माइतीमा बस्दै आएको जनाइएको छ ।

प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ ।

ekantipur

1

दुई आमाको गर्भमा बसेर जन्मियो बच्चा, कसरी भयो यस्तो चमत्कार ?

2

पीएसजी शीर्ष स्थानमा,पोचिटिनो नेतृत्वको ७ खेल अपराजित

3

हिन्दी अन्तर्वार्ता

4

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुल्ला

5

डिम्याट खाता खोल्नेको संख्या २५ लाख,इन्फ्रास्ट्रक्चरको आइपीओले रेकर्ड राख्ने पक्का

6

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा


Share Tweet Send