डिशहोमले ल्यायो सिनेमाघर इन्टरनेशनल : घरै बसेर बलिउड चलचित्र हेर्न सकिने


डिशहोमले ल्यायो सिनेमाघर इन्टरनेशनल : घरै बसेर बलिउड चलचित्र हेर्न सकिने

नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुरु गरेको छ ।

ग्राहकहरुको मनोरञ्‍जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिशहोमले सिनेमाघर इन्टरनेसनल च्यानल ९९९ सञ्‍चालनमा ल्याएको प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए ।

शुक्रबार नेपाल र भारतमा एकैपटक यो फिल्म रिलिज भएकाे छ । ५६५ रुपैयाँमा स-परिवारले यो चलचित्र हेर्न पाउने डिशहोमले जनाएको छ ।

‘विश्वका विभिन्न देशमा सफल भएको प्रविधि पे पर भ्यु सेवा नेपालमा पहिलोपटक डिशहोमले सञ्‍चालन गरिरहेको छ । डिशहोमले पे पर भ्यु सेवामार्फत न्यूनतम मूल्यमा नयाँ नेपाली सिनेमा हेर्न सकिने च्यानल नम्बर १०८ ,८८८ र ५५५ यसअघि नै सफलताका साथ सञ्‍चालन गरिरहेको छ’ उनले भने ।

दैनिक आठ शो सञ्‍चालन हुने सिनेमाघर इन्टरनेसनल च्यानल नम्बर ९९९ मा चलचित्र ‘खाली पिली’ हेर्न सकिने डिशहोमले जनाएको छ ।

डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, एसएमएस गरेर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेरसमेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...