durbar-times

बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने


बार्सिलोनाविरुद्धको खेल डी मारियाले गुमाउने

एजेन्सी | फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

चोटको कारण डी मारियाले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेल गुमाउने भएका हुन् ।

पीएसजी र बार्सिलोनाबीचको पहिलो लेग खेल फेब्रुअरी १६ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ । 'डी मारिया क्याम्प नाउको भ्रमणमा हुने छैनन्,' मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले भनेका छन् ।

डी मारियाले फ्रेन्च लिग वान अन्तर्गत मार्सेलीसँगको खेलमा चोट बोकेका थिए । जुन खेल पीएसजीले २-० ले जितेको थियो ।

उनलाई 'थाई मसल इन्जुरी' भएको बताईएको छ । ३२ वर्षीय मिडफिल्डर पीएसजीको मुख्य खेलाडीमा पर्छन् । तर, अर्जेन्टाइन डी मारियाले चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send