https://ntc.net.np/

राजालाई नागरिकले थान्को लगाएको नबिर्से हुन्छ, देश ओलीको निजी सम्पत्ति होइन: डा गोविन्द केसी


राजालाई नागरिकले थान्को लगाएको नबिर्से हुन्छ, देश ओलीको निजी सम्पत्ति होइन: डा गोविन्द केसी

चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाएका छन्।

उनले यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको मात्र निजी सम्पत्ति नभएको भन्दै कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्सन समेत आग्रह गरेका छन्।

उनीको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको हैन। त्यसैले यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ।’

अहिले संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा पुगेको छ। सर्वोच्चले सरकारलाई यससम्बन्धी कारण देखाऊ आदेश जारी गरेको छ।

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको यस्ता कदमलाई न्यायालयले सच्याइदिनेछ भन्ने नागरिकहरूको अपेक्षा छ। यससँगै देशको न्यायालय पनि अग्नि परीक्षामा छ’, उनले भनेका छन्, ‘न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने नै छ।’

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send