डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदो: सरकारले गरेन चासो (यस्ता छन् केसीका माग)


डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदो: सरकारले गरेन चासो (यस्ता छन् केसीका माग)

काठमान्डौ | १९औं अनशन शुरू गरेका डा. गोविन्द केसी अनशन बसेको १२ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो व्यक्त गरेको छैन । उनको स्वास्थ्य अवस्था बिग्रँदो भए पनि अहिलेसम्म सरकारको तर्फबाट उनले राखेका माग सम्बोधन गर्न कुनै चासो देखाएको छैन । जुम्लाबाट १९ औं अनशन थालेका केसीलाई मंगलवार काठमाडौं ल्याईएको हो ।

हाल डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अबस्था नाजुक हुँदै गएको र उनी बोल्नसक्ने अवस्थामा छैनन् । उनको स्वास्थ्य जाँच शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूले गरिरहेका छन् ।

हाडजोर्नी रोग विशेषज्ञ चिकित्सकहरूको छाता संघठन नेपाल अर्थोपेडिक संघले र राष्ट्रिय मानवअधिकार आयोगले  विज्ञप्ति जारी गर्दै डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

केसीले यसपटकको अनशन ६ बुँदे मागसहित सुरु गरेका छन् । यसअघि १८ औं पटकसम्म आमरण अनशन बसेका उनले सरकारसँग विभिन्न सहमति गर्दै अनशन तोड्दै आएका थिए । यसपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने, अछामको बयलपाटा अस्पतालको आर्थिक पाटो सबल बनाउनुपर्ने लगायतका माग राखेका छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...