प्रधानमन्त्रीलाई डा.केसीको भने : ‘मेरो उपचार खर्च म आफैं व्यहोर्छु’


प्रधानमन्त्रीलाई डा.केसीको भने : ‘मेरो उपचार खर्च म आफैं व्यहोर्छु’

काठमाडौं । कोरोना संक्रमित डा गोविन्द केसीले आफ्नो उपचार आफैंले व्यहोर्ने बताएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

शनिवार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विटमा डा.केसीलाई स्वास्थ्यलाभको शुभकामना दिँदै उनको उपचार खर्च सरकारले पूरै व्यहोर्ने बताएका थिए। तर केसीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न भनेका छन्।

‘म कोभिड–१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु’, केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले मेरो उपचार खर्च व्यहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ व्यहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस्।’

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’, विज्ञप्तिमा अगाडी भनिएको छ, ‘त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।’

गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहाेर्ने
काठमाण्डौ - कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहाेर्ने जानकारी गराएका छन्। उनले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार नि:शुल्क…

डा. केसीले आफूहरुसँग भएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने र नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने अस्वथा हुने समेत बताएका छन्

उनले १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध समेत गरेका छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...