एमबीबीएस लगायत चिकित्सा शिक्षा कार्यक्रममा शुल्क बढाउन लागेकोमा डा. गोविन्द केसीले आपत्ति जनाएको छन् । आइबार प्रेस विज्ञप्ति जारी गरी केसीले चिकित्सा शिक्षा आयोगले शुल्क बढाउन सिफारिस गरेकोमा आपत्ति जनाएका हुन्।
चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामूलक हुनुपर्ने भएकाले शुल्क बढाउनुको सट्टा कम गर्दै लैजानु पर्ने डा. केसीको भनाइ छ।
‘कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन।’
शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुलाई केसीले ध्यानाकर्षण गराएका छन् ।