काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले आजदेखि गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् । डा.केसीले प्रेस विज्ञप्ति जारी गरेर तत्कालका लागि प्रधानमन्त्री केपी ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले सत्याग्रह स्थगित गरेको स्पष्ट पारेका छन् ।
विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म सत्याग्रह जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर जारी रहने केसीले स्पष्ट पारेका छन् ।
डा. केसीले प्रतिनिधिसभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार पाइनसकेको भन्दै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओलीको जस्तै रहने हो भने अवस्थामा खासै परिवर्तन नआउने बताएका छन् ।