http://bit.ly/bajajdurbartimes

डिजिटल रेमिट्यान्स: युएईका नेपालीले ईसेवा वालेटमा पैसा पठाउन सक्ने


डिजिटल रेमिट्यान्स: युएईका नेपालीले ईसेवा वालेटमा पैसा पठाउन सक्ने

काठमाडौं | डिजिटल रेमिट्यान्सका लागि ईसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुख कार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका छन् ।

अब यूएईमा रहेका नेपालीले ‘अलफर्दान एक्सचेन्ज’ का ६५ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एपमै प्राप्त गर्न सकिनेछ । बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाका अनुसार ईसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send