प्रचण्डलाई फकाउन ओलीको दूतको रुपमा महासचिव पौडेल खुमलटार जाँदै


प्रचण्डलाई फकाउन ओलीको दूतको रुपमा महासचिव पौडेल खुमलटार जाँदै

काठमाडौँ | विवाद उत्कर्षमा पुगेपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव विष्णु पौडेल सोमबार साँझपख पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन खुमलटार जाने भएका छन्।

नेकपा एकतामा संघर्ष चलिरहँदा प्रचण्डले सार्वजनिक गरे यस्तो भिडियो
नेकपा एकतामा बेजोड संघर्ष चलिरहँदा प्रचण्डको अधिकारीक फेसबुक पेजबाट एकताको आवश्यकता, पदका लोभमा भन्दा जनताको आवश्यकतामा ध्यान दिनु पर्छ जस्ता कुरा उल्लेख गरेका छन्। प्रस्तुत भिडियो

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा पौडेल सोमबार साँझतिर खुमलटार जान लागेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ । ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

शुक्रबारबाट सुरु भएको पार्टीको सचिवलाय बैठकमा बहुमत सदस्यको समर्थन पाएका प्रचण्डले ओलीलाई पेल्दै १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि ओली त्यसलाई पन्छाउन प्रयासरत रहेका छन् । यसको लागि उनले प्रचण्डसँग सहकार्यमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमलाई समेत भेटेर सहयोग गर्नको लागि आग्रह गरिसकेका छन् ।

तर, उनीहरुले गल्ती प्रचण्डमा नभई ओलीमा रहेको कारणले गर्दा सच्चिनुपर्ने जवाफ दिए पनि ओलीले कम्तीमा एक नेतालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको बुझिएको छ । यसैबीचमा महासचिव पौडेललाई ओलीले खुमलटार पठाउन लागेका हुन् । नेपाल र गौतमसँग ‘लेनदेन’को सहमति गर्न लागेका ओलीको प्रयास असफल भएपछि पुनः प्रचण्डलाई नै मनाउने प्रयासमा ओली रहेको बुझिएको छ ।

″प्रचण्डको दस्तावेज तथ्यको भ्रष्टीकरण हो, यस्तो लाञ्छनापत्रमाथि पार्टीमा छलफल हुन सक्दैन”: सुर्य थापा
काठमाडौं । शुक्रवारको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकपछि नेकपाका नेताहरुबीच आरोपप्रत्यारोपको श्रृङ्खला बढेको छ । लामो रस्साकस्सीपछि शुक्रवार बसेको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेश गरेका थिए । यसै विषयमा लेख्दै प्रधानमन्त्रीका प्…
प्रचण्डलाई इंगित गर्दै गोकुल बाँस्कोटाले भने : पार्टी एकताको सम्पूर्ण आधार नष्ट गर्नुभयो
काठमाडौं : नेकपा केन्द्रीय सदस्य एवं पूर्व-संचारमन्त्री गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताको सम्पूर्ण आधार नष्ट गरेको आरोप लगाएका छन्। सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीप्रति संसदमा अविश्वासको प्रस्ताव ल्याउँदा प्रतिपक्षीले लगाउने जस्ता आरोप लगाएर एकताको आधार…
सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’: भट्टराई
काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । प्रधानमन्त्रीको समय बचत हुने भन्दै बालुवाटा…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...