http://bit.ly/bajajdurbartimes

दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ


दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ

काठमाडौं । दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तिलगंगास्थित होटल आनन्दबाट गत १९ पुसमा चिनियाँ नागरिक लिउ वेइपिङ र लि जियाओनिङलाई अपहरण गरिएको थियो । उनीहरूलाई दुई नेपालीसहित दुई चिनियाँ नागरिकको संलग्नतामा सिन्धुपाल्चोक पु¥याइएको थियो ।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोसीका दावा पासाङ लामा र भक्त लामा तथा चिनियाँ नागरिक ऊ चाओ र झाङ उईलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोक मार्मिङ लगेर कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

अपहरणकारीको कुटाईबाट घाइते दुबैको ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भने प्रहरीले ‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा कारबाही अघि बढाएको छ ।

1

नागरिक एप प्रयोग गर्नेलाई निःशुल्क मोबाइल डेटा

2

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

3

विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

4

नेपाल पुलिस क्लबको सानदार जित

5

महिला लिग :भोलि तय भएको दुई खेल स्थगित

6

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


Share Tweet Send