नेप्सेमा आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुई कम्पनिले साधारणसभा र लाभांश प्रयोजनका लागि फागुन ७ गतेदेखि बुक क्लोज गर्ने भएपछि आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन गत आ.व.को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ०.५२६३ प्रतिशत नगद लाभांश सहित कुल १०.५२६३ प्रतिशत बोनस शेयर वितरण गर्दैछ ।
कम्पनीको साधारण सभा फागुन २५ गते बोलाइएको छ ।
त्यस्तै, नेरुडे लघुवित्तले गत आ.व.को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले फागुन २२ गते शनिवार साधारणसभा बोलाएको छ।