durbar-times

दुई लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


दुई लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ ।

उन्नति सहकार्य र आरम्भ चौतारी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार (चैत १७ गते) अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि बुधाबार चैत १८ गतेबाट बुक क्लोज गर्दैछन् । तसर्थ, लभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

उन्नति सहकार्यले गत वर्षको नाफाबाट १७.८१% बोनस सेयर वितरण गर्दैछ । लघुवित्तले चैत ३१ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल पौवा, भैरहवामा बिहान १०.३० बजेबाट सुरु हुनेछ । आरम्भ चौतारी लघुवित्तले गत वर्षको नाफाबाट ८.८५% बोनस सेयर वितरण गर्दैछ । लघुवित्तले चैत ३१ गते बस्ने वार्षिक साधारण सभाको लागि चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send