durbar-times
Durbar Times Top 10 IT Colleges of Nepal 2020
Top 10

Durbar Times Top 10 IT Colleges of Nepal 2020

नेपालका १० उत्कृष्ट IT कलेजहरु


पछिल्लाे समय इन्जिनियरिङ तथा  IT क्षेत्रमा विद्यार्थीहरूकाे आकर्षण बढ्दाे छ । अझ त्यसमा पनि  IT क्षेत्रमा युवाहरूकाे चाप बढेकाे देख्न सकिन्छ । नेपालमा मात्र नभएर पुरै विश्वमा नै IT काे क्षेत्रमा प्राविधिकहरूकाे माग अत्याधिक छ । विश्व बजारमा हाम्रा दक्ष प्राविधिकहरू निर्यात गर्नका लागि हाम्रा विश्वविद्यालयहरूले प्रदान गर्ने शिक्षाकाे गुणस्तर नै प्रमुख कारण हुन्छ। गुणस्तरीय शिक्षाका लागि शिक्षालयहरूकाे आन्तरिक र बाह्य दुवै तवरमा दक्ष र अनुभवी शिक्षक तथा गुणस्तरीय प्रविधि आवश्यक पर्दछ । साथै पठनपाठन शैली, पाठ्यक्रम, व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, कलेजले प्रदान गर्ने सुविधाहरु, कलेजबाट पढाई सकेर निस्किँदा जागिर पाउनका लागि गरिने तयारीहरुजस्ता  कुराहरू पनि कारक बन्दछन्। हामीले यीनै कारक तत्वहरूलाई मध्यनजर गर्दै  नेपालमा अध्यापन गराइरहेका ८४+ IT कलेजहरू मध्येबाट उत्कृष्ट १० IT  कलेजहरूकाे सूची तयार पारेकाे छाैँ । यसका लागि हामीले विभिन्न अनुसन्धानपरक लेखहरू, सम्बन्धित कलेहरूबाट प्राप्त प्रतिकृया तथा  प्रत्येक कलेजहरूकाे वेभसाइटमा उपलब्ध सामाग्रीहरूकाे पनि  सहयाेग लिएका छाैँ।

10. Patan College for Professional Studies

Affiliation : University of Bedfordshire
Course/Degree : BSc. Computer Science and Software Engineering
University Rank: 801–1000th in world

लर्डबुद्ध शैक्षिक संस्था अन्तर्गत यस कलेज नेपालको पहिलाे आइटि कलेज हो।  University of Bedfordshire सँग सम्बन्धित यो कलेजले ७००० भन्दा बढी प्राबिधिकहरु उत्पादन गरिसकेको छ।  कलेजमा राम्रो व्यवस्थापन, प्राविधिक विकास सेवा तथा विद्यार्थी विकासका कार्यक्रमहरु धेरै हुने गरेका छन।  BSc. Computer Science and Software Engineering . यहाँको डिग्री को नाम हो भने यहाँबाट उत्पादित प्राविधिकहरु सामाजिक सन्जाल तथा अन्य अनुसन्धानमा सफल भएकाे देख्न सकिन्छ।  यहाँबाट नेपालका उत्कृष्ट सूचना प्राविधिकहरु उत्पादन भएका छन्।

9. Nami College

Affiliation : University of Northampton
Course/Degree : BSc (Hons) Computing, BSc (hons ) Software Engineering & BSc. (hons) Network Engineering

नामी कलेजले नेपालमा स्नातक ब्रिटिश कम्पुटिङ डिग्री प्रदान गर्दछ। यहाँ  BSc (Hons) Computing, BSc (hons ) Software Engineering र BSc. (hons) Network Engineering यी तीन भिन्न विषय पढाइ हुन्छ। नामी कलेज युनिभर्सिटी अफ नर्थह्याम्प्टनसँग अनुबन्धित छ, जुन ब्रिटिश युनिभर्सिटी हो र हाल यो ब्रिटिश युनिभर्सिटीहरु मध्य ४४औँ  उत्कृष्ट कलेजकाे रूपमा रहेकाे छ ।  नेपालको प्रबिधी बजारमा नामी कलेजकाे नाम राम्रै सुन्न पाईन्छ।

8. The British College

Affiliation : Leeds Beckett University
Course/Degree : BSc (Hons) Computing
University Rank: 801-1000th in world

ब्रिटिश कलेजमा BSc (Hons) Computing कार्यक्रम ब्रिटिश कलेजको लीड्स बेकेट विश्वविद्यालयको साझेदारीमा सञ्चालित छ। याे पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूले कम्प्युटर प्रोग्रामिंग, डाटाबेस विकास, Networking , वेबसाइट विकास, र कम्प्युटर सेक्युरिटीमा कौशलता प्राप्त गर्छन्। यो कोर्स BSc CSIT र नेपालमा BIT को बराबर छ। अधिकतम शूल्क, बिदेशी शिक्षक र माथिल्लो बर्गको उठक बैठकले गर्दा सधैं चर्चामा हुन्छ। यहाँबाट निक्लेका विद्यार्थीहरु प्रबिधी बजारको रोजाइमा पर्ने गरेका छन्।

7. Herald College

Affiliation : University of Wolverhampton
Course/Degree : BSc (Hons) Computer Science
University Rank: 801-1000th in world

हेराल्ड कलेज काठमाडौंको उत्कृष्ट कलेज मध्येमा पर्छ। यहाँ सुचना प्रबिधी अन्तर्गत  BSc (Hons) Computer Science विषय पढाई हुन्छ। यस कलेजमा तेस्रो बर्षमा पढाई हुने Artificial Intelligence and Machine Learning  बिषयले विद्यार्थीहरुको ध्यान खिचेको छ । युनिभर्सिटी अफ वोल्वरह्यम्प्टोनसँग अनुबन्धित याे कलेज नेपालका उत्कृष्ट कलेजहरुमध्ये पर्छ।त्यस्तै, यहाँको अर्को फोकस Big Data हाे जुन वर्तमान अन्तराष्ट्रिय चासाेकाे विषयसमेत रहेको छ ।

6. Islington College

Affiliation : London Metropolitan University
Course/Degree : MSc IT  and Applied Security, BSc( Hons) Media technologies, BSc (Hons) Computing, BSc (Hons)  Computer Networking and IT security

लण्डन मेट्रोपोलिटियन युनिभर्सिटीसँग अनुबन्धित इस्लिङ्टन कलेज नेपालकाे उत्कृष्ट एवं महंगो शूल्क भएको कलेजमध्ये पर्छ। गुणस्तरीय पढाई एवम स्तरीय व्यवस्थापन यस कलेजका गहना हुन्। यहाँ MSc IT  and Applied Security, BSc( Hons) Media technologies, BSc (Hons) Computing, BSc (Hons)  Computer Networking and IT security बिषयहरु पढाई हुन्छन्। स्तरीय कम्प्युटर ल्याबहरु, स्तरीय क्लासरूम , ह्याक्याथोन प्रोग्रामहरु साथै आउटरिच अवसरहरु प्रदान गर्नाले याे कलेज माथिल्लो स्तरको कलेज मध्य मानिएको छ।

5. Kathford Int'l College of Engineering and Management


Affiliation: Tribhuvan University
Course/Degree: Bsc CSIT

विगत १७ वर्ष देखी इन्जिनियरिङ्ग र व्यवस्थापना क्षेत्रमा अध्यापन गराइ रहेको क्याथफोर्ड त्रिभुवन विश्वविद्यालय अन्तर्गतको BSc. CSIT सँगै अन्य विषय पनि पढाइ हुने क्याम्पस हाे । याे क्याम्पस नेपालका प्रतिष्ठित क्याम्पसहरूमध्ये पदर्छ। नेपालको उत्कृष्ट-उत्कृष्ट IT कम्पनीमा कार्यरत गरिरहेका यस कलेजका विद्यार्थी, यो कलेजले दक्ष जनशक्ति उत्पादन गरिरहेको प्रमाण हो। विभिन्न आन्तरिक प्रतियोगिता, स्टुडेन्ट क्लबका कार्यक्रम आदीमा गरिने प्रोजेक्टबाट विद्यार्थीलाई आवश्यक पृष्ठभुमी प्रदान गरेको क्याथ्फर्डबाट प्रतिनिधित्व गरेर यहाँका विद्यार्थी, वाह्य प्रतियोगिताहरुमा पनिमा अव्वल देखिएका छन्।

4. NCIT

Affiliation : Pokhara University
Course/Degree : BE IT

Nepal College of Information Technology (NCIT) पोखरा युनिभर्सिटीसंग अनुबन्धित  कलेज हो। यहाँ अन्य ईन्जिनियरिङ विषयका साथै सूचना प्रविधीसँग सम्बन्धित विभिन्न विषयहरु पढाई हुन्छ। NCIT ले आफुलाई छुट्टै ब्रान्ड बनाउन सफल भएकाे छ। यहाँबाट देशका उत्कृष्ट सूचना विशेषज्ञहरु उत्पादन भएका छन र निरन्तर उत्पादित हुने क्रम जारी छ। यहाँ पढाईने बिषय भन्दा बढी यहाँको बातावरण मुख्य छ जस्ले यस कलेजलाई माथि पुर्याउँछ।  हरेक बर्ष हुने प्रदर्शनी(exhibition) र त्यहा देखिने उत्कृष्ट प्रदर्शनहरुले याे कलेजलाइ उत्कृष्ट बनाउन मद्दत गरेकाे छ।  

3. Deerwalk Institute of Technology

Affiliation : Tribhuvan University
Course/Degree : Bsc. CSIT, BCA
University Rank: 1001th in world

रुद्र पाण्डे नेपालका आइटी क्षेत्रका चर्चित व्यक्ति हुन्। साथ साथै उनी  Deerwalk Institute of Technology(DWIT) का अध्यक्ष पनि हुन् जसले याे संस्थालगायत सम्पूर्ण Deerwalk  ग्रुपलाई  मास्टरमाइन्डका साथ चलाइरहेका छन।

DWIT त्रिभुवन विश्वविद्यालयसँग अनुबन्धित कलेज होभने यहाँ BSc CSIT र BCA पढाई हुन्छ। तर यस कलेजमा अतिरिक्त रुपमा तेश्रो देखी सातौँ सेमेस्टरसम्म जाभा(Java) पढाई हुन्छ भने समय सापेक्ष अन्य विषय सम्बन्धी सिप सिक्ने अवसर पनि प्रदान गर्ने गरेको छ, जस्का कारण विद्यार्थीहरु पूर्णरुपमा योग्य प्राविधिक भएर निस्कन्छन्। साथै याे कलेजको मुख्य ग्रुप अन्तर्गत पर्ने कम्पनीहरु तथा अन्य कम्पनीहरुमा प्लेसमेन्टका लागि पठाइने भएकाले याे कलेजको नाम आइटी बजारमा जताततै सुनिन्छ। यहाँ धेरै यस्ता कार्यक्रमहरू हुने गर्दछन्, जसले विद्यार्थीहरुको क्षमता  वृद्दि तथा करियर विकासमा सहयोग हुन्छ ।

2. Kathmandu University


Kathmandu University
Course/Degree : Bachelor of Science(Computer Science)

काठमाडौँ युनिभर्सिटी एक प्रसिद्ध एवम उत्कृष्ट संस्था हो। बिश्व युनिभर्सिटी र्यान्किङमा त्रिभुवन विश्वविद्यालय भन्दा धेरै माथि छ काठमाडौं युनिभर्सिटी । नेपालमा भने उक्त युनिभर्सिटी काठमाडौँभन्दा बाहिर बनेपामा भएका कारण प्रथम रोजाइमा आउन सकेकाे छैन।यहाँ Bachelor of Science(Computer Science) बिषय पढाई हुन्छ। पढ्छु र केही गर्छु भन्नेका लागि याे ठाउँ वरदान सावित हुने गर्दछ। यहाँको पुरा वातावरण नै विद्यार्थीलाई शिक्षित गराउने र कसरी विज्ञ बनाउने भन्नेमा केन्द्रत भएकाे हुन्छ। यहाँ एक्जिभीसन, प्राबिधिक कार्यक्रम, ह्याकह्यथोन, जब प्लेस्मेन्ट, कन्फेरेन्सहरू हुने गर्छन् जसले गर्दा विद्यार्थीहरुलाई आँफै उत्कृष्ट बन्नुपर्ने प्रतिस्पर्धात्मक भावना पनि देखिन्छ।  पाठ्यक्रमभित्रको पढाईका  साथै  पाठ्यक्रम बाहिरको बिभिन्न विषयसँग पनि  निरन्तर प्रशिक्षण दिइरहेको हुन्छ।

1. Softwarica College of IT and E-Commerce

Affiliation : Coventry University
Course/Degree : BSc (Hons) Computing र  BSc (Hons) Ethical Hacking & Cybersecurity
University Rank: 601–800th in world

केही बर्ष अगाडि शायद सफ्टवेरिकाको नाम सुनिँदैन थियो । तर आज याे कलेजले जति उचाइ चुमेको छ  त्याे प्रशंसायाेग्य छ। सफ्टवेरिका विश्व प्रशिद्ध कोवेन्ट्री युनिभर्सिटीसँग अनुबन्धनमा चलिरहेको छ। यस कलेजमा BSc (Hons) Computing र  BSc (Hons) Ethical Hacking & Cybersecurity बिषयहरु पढाई हुन्छन्।

यहाँ २०७६ सालमा भएको एक्जिभिसनको चर्चा परिचर्चा राष्ट्रिय स्तरको थियो। हाल यो कलेज विद्यार्थीहरुको प्रमुख रोजाइमा देखिन्छ। यहाँ प्राय विद्यार्थीहरु ORACLE RDBMS को प्रशिक्षण लिएका हुन्छन जुन अन्तरराष्ट्रिय स्तरमा धेरै महँगो कुरा हो। कलेजको प्राथमिकता नै विद्यार्थीहरुको बिशेषज्ञतामा केन्द्रित छ। विद्यार्थीको चाहाना अनुरुप बिभिन्न प्रशिक्षणको व्यवस्था कलेजले बेलाबेला गर्नेगर्छ। यहाँ वेब र मोबाईल एप विकास, विकास व्यवस्थाका विभिन्न अन्तरराष्ट्रिय प्रकृया, जस्तैः अजाइल(AGILE) देखी अहिलेको विश्वबजारको केन्द्र बनेको विषय IOT (इन्टर्नेट अफ थिङ्स) पनि कलेजको  मुख्य पाठ्यक्रम भित्र रहेका छन्। यहाँको  नियमित पाठ्यक्रम नै विश्वबजारको मुख्य जरुरत अनुरुप छ।

कलेजले बिभिन्न विषयमा पारङ्गत बनाउन उत्कृष्ट ल्याबहरु राखेको छ। यहाँ  बिद्यार्थीको समस्या समाधान गर्नका लागि हरेक बिषयको टिचिङ असिस्टेन्ट राखिएको छ। यहाँको सामान्य  कक्षा नै विश्वस्तरीय छ। जहाँ प्रोजेक्टर तथा लाईभ डेमोका साथ पठनपाठन हुन्छ। यहाँ सिद्दान्त पक्ष र प्रयाेगात्मक पक्ष दुवै उत्तिकै महत्वपूर्ण तरिकाले पढाइ हुन्छ। कलेज प्रशासन विद्यार्थीको स्तराेन्नतिका लागि जुनसुकै काम गर्नपनि तयार रहेको बताउँछ।  यस कलेज वर्ल्ड वाइड 600-800मा पर्छ भने ब्रिटिश र्यान्ककाे 15 नम्बरमा पर्दछ | पठनपाठन शैली, पाठ्यक्रम, व्यवस्थापन, अतिरिक्त क्रियाकलाप , दक्ष जनशक्ति उत्पादन क्षमता,उत्पादित जनशक्तिकाे सुरक्षित भविष्यकाे जिम्मेवारी वहन लगायतका विशेषताहरूलाई मध्यनजर गर्दै दरबार टाइम्सको Top-१० IT College in Nepal को सूचीमा सफ्ट्वेरिका कलेजलाई  पहिलाे नम्बरमा राखिएकाे छ।

*Note: Durbar Times had done survey among colleges and students. The ranking is based on set of questionnaires that we provided individual college. Any college unsatisfied with us are allowed to place complain in durbartimes@gmail.com.  




1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send