दुर्गेश थापाविरुद्ध गाडीले किचेर कुकुर मारेको भन्दै प्रहरीमा उजुरी (भिडियो सहित)


दुर्गेश थापाविरुद्ध गाडीले किचेर कुकुर मारेको भन्दै प्रहरीमा उजुरी (भिडियो सहित)

काठमाडौं | गाडीले किचेर कुकुर मारेको अभियोगमा कारबाहीको माग गर्दै गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

थापाले चलाइरहेको बा १९ च ८९३७ नम्बरको हुण्डाई क्रेटा गाडीले कुकुरलाई ठक्कर दिएको थियो ।दुर्गेशको गाडीले कात्तिक ६ गते बेलुका ८ बजेतिर कुकुरलाई ठक्कर दिएको थियो । बागबजार स्थित आरधना कम्प्लेक्सको पार्किङ स्थल (श्रेष्ठ टेलरिङको प्राङ्गण)बाट बाहिरिने क्रममा  ठक्कर दिएको जनाइएको छ ।

उक्त कुकुरका मालिक बीरबहादुर बस्नेत हुन् । दुर्गेशको गाडीले ठक्कर दिएको कुकुर २ घण्टापछि मरेको उनको भनाइ छ । बस्नेतले थापामाथि कानून अनुसार कारबाहीको माग गर्दै महानगरीय प्रहरी बृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।

दुर्गेसले गाडी चलाउँदा कुकुरलाई ठक्कर दिएको थाहा पाए पनि त्यहाँबाट गाडी लिएर फरार भएका बस्नेतको आरोप छ । प्रहरीले बोलाउँदा समेत कार्यब्यस्तताको कारण आउन नभ्याएको भन्दै थापाले आलटाल गरेको कुकुरधनी बस्नेतको भनाइ छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...