दुर्घटनामा घाईते भएका ललितको उपचार्थ सिप्यानले थाल्यो आर्थिक संकलन


दुर्घटनामा घाईते भएका ललितको उपचार्थ सिप्यानले थाल्यो आर्थिक संकलन

काठमन्डौ, आईतबार राति सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक संकलन थालेको छ ।

सिप्यानले मंगलबार विज्ञप्ति निकाल्दै ललितको उपचार्थका लागि आर्थिक रकम संकलन थालिएको जनाएको छ ।

सिप्यानले क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको नाममा रहेको सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ CA खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

यस्तै भण्डारी घाइते भएको घटनाप्रति सिप्यान स्तब्ध भएको बताउदै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

उनी आईतबार राति ट्रकको ठक्करबाट दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो र चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए ।

सोमबार ललितलाई हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । अहिले उनको थप उपचार ग्राण्डी अस्पतालमा भईरहेको छ।

चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...