इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास शुरु


इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास शुरु

एपी | इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरिएको इजिप्टको सेनाले शनिबार घोषणा गरेको छ । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ ।

गत वर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका कमान्डो सैनिक र लडाकू बिमान सहित संयुक्त सैन्य अभ्यास भइरहेको हो ।

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ सैनिकको मृत्यु
एपी | इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी …

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानमाथि लाग्दै आएको आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो । अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो ।

अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो ।

इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी “नाइलको इगल–१” नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ ।

सैन्य अभ्यासका क्रममा सैन्य कारबाहीसँग सम्बन्धित योजना निर्माण र कारबाहीसँग जोडिएको क्रियाकलापका साथै खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिनु भएको छ ।

पाकिस्तानी राजनीतिबारे टिप्पणी गरेकोमा अमेरिकाले माफी माग्यो
इस्लामाबाद : पाकिस्तानस्थित अमेरिकी दूतावासले पाकिस्तानी प्रधानमन्त्रीमाथि टिप्पणी गरेको कुरामा माफी मागेको छ । अमेरिकी चुनावमा डोनल्ड ट्रम्पले हारेको कुरालाई पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सत्ताबाट च्युत हुने भन्दै प्रतिपक्षी दलले गरेको टिप्पणीलाई अमेरिकी दूतावासको आधिकारिक ट्वीटरबाट रिट्व…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...