ला लिगामा गएराती भएको खेलमा रियलले इबारमाथि ३-१ को जित हात पारेको छ ।
इबारको घरेलु मैदानमा जित निकाले संगै रियल तालिकाको दोस्रो स्थानमा उक्लेको छ । पहिलो हाफको छैटौं मिनेटमा रोड्रीगेजको पासमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने खेलको १३ औं मिनेटमा बेन्जेमको पासमा मोड्रीकले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै इबारका लागी खेलको २८ औं मिनेटमा किकेले डी बोक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए जुन गोलले भने जित दिलौना सकेन । त्यस्तै खेलको ९२ औं मिनेटमा लुकास भाजगोयेजके गोल गर्दै रियलले जित आफ्नो पोल्टामा हालेको हो ।
जितसंगै १४ खेलमा २९ अंक सहित रियल तालिकाको दोस्रो स्थानमा छ भने इबार १४ खेलमा १५ अंक सहित चौधौं स्थानमा छ ।