‘एक वडा एक उद्यान’


‘एक वडा एक उद्यान’

कोरोना जोखिमका  बीच धुलिखेल नगरपालिका वडा नं ४ बखुण्डोलका स्थानीयले आकर्षक उद्यान निर्माण गरेका छन् । अहिले उद्यानमा घुम्न जाने आन्तरिक पर्यटकको घुइँचो समेत लाग्न थालेको छ ।  उद्यानमा स्थानीय पहिचान झल्कने गरी परेवा, बुद्ध र कृष्णको मूर्ति प्रतिस्थापना गरिएको छ ।

गत शुक्रवार धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जुले उद्यानको शुभारम्भ गरेका थीए। उद्यान बनाउन नगरपालिकाले ८ लाख र डिभिजन वन कार्यालयले  ५ लाख सहयोग आर्थिक सहयोग समेत गरेका थिए । कूल २८ लाखको लागतमा उद्यान निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाले जानकारी दिए। स्थानीयबासी, संघ÷संस्था लगायत नगरपालिका र  वन कार्यालयको सहयोगमा निर्माण भएको उद्यान धार्मिक र सांस्कृतिक पहिचानलाई आधार बनाएर निर्माण भएको उनले बताए। उद्यानलाई  संरक्षण दिन कोष समेत स्थापना गरिएको छ । यसअघि  प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा धुलिखेल ११ काभ्रेभञ्जयाङमा मदन भण्डारी स्मृती उद्यान निर्माण गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले बनेको उद्यानहरुले नगरको नयाँ पहिचान दिएको बताए। नगरपालिकाले साना ठूला गरी २६ वटा उद्यान निर्माण गरिसकेको छ ।  प्रत्येक वडामा वर्षमा एक वटा उद्यान निर्माण गर्ने र पाँच बर्षमा ६० वटा उद्यान बनाउने उद्देश्यका साथ नगरपालिकाले काम गरिरहेको उनले जानकारी दिए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...