आज सुनकाे भाउ एकैदिन १ हजार ८०० ले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला ९२ हजार ५०० र तेजाबी सुन प्रतिताेला ९२ हजार रूपैयाँमा काराेबार भैरहेकाे छ ।
त्यस्तै आज चाँदी प्रतिताेला ३० रूपैयाँले घटेर १ हजार १ सय ८० रूपैयाँमा काराेबार भैरहेकाे छ ।
हाल बजारमा सुनकाे भाउ निरन्तर घट्ने क्रम चलिरहेकाे छ । अन्तराष्ट्रिय बजारमा सुनकाे भाउमा परिवर्तन आएपछि नेपालमा पनि मूल्य फेरबदल भइरहन्छ ।