काठमाडौं : कहिलेकाहि नेप्सेको सिस्टममा समस्या आउदाँ नेप्से सूचक भारी अंकले घटेको देखाउन सक्छ ।
पछिल्लो समय नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर भाउ १००% घटेको देखाइएको थियो । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको पनि थियो ।
कुनै पनि कम्पनीको भाउ एक दिनमा १०% भन्दा तलमाथि हुन सक्दैन । नेप्सेको सिस्टममा समस्या आउदाँ यस्तो भएको हुन्छ ।
यसबाट लगानीकर्ताहरु पनि अन्योलमा पर्ने गर्छन र सामाजिक सञ्जालमा पनि हल्लाखल्ला पनि फैलिने गर्छ। यदि कम्पनीको भाउ एक दिनमा १०% भन्दा तलमाथि भने सिस्टममा समस्या भएको भनेर बुज्न सकिन्छ ।