सिजनको पहिलो एल क्लासिको आज, कसले मार्ला बाजी ?


सिजनको पहिलो एल क्लासिको आज, कसले मार्ला बाजी ?

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (शनिबार) हुँदैछ ।

‘एल क्लासिको’ को समय तय
एजेन्सी | सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको खेल २४ अक्टोबरमा हुने भएको छ । शनिबार हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ । विगतमा क्लासिको एसियाली क्षेत्रको समयमा मध्यरातमा हुने भएपनि लिगको लोकप्रियता बढाउन लिगले केहि खेल स्पेनको …

सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ७ :४५ बजे सुरु हुनेछ । क्याम्प नाउमा दुबै टिम सिजनको पहिलो एल क्लासिको आफ्नो बनाउने लक्ष्यमा हुने छन् ।

नयाँ सिजन दुबै टिम लय समात्न असफल रहेका छन् । तर, पहिलो एल क्लासिको जित्दै दुई टिम आफ्नो उपाधि दाबेदारलाई अघि बढाउँन चाहन्छ । जिनेदिन जिदानको नेतृत्वमा रहेको रियल ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

जिदानको टिम रियलले पछिल्लो दुई खेलमा लगातार हार व्यहोरेको छ । गत साता ला लिगामा नवप्रवेशी काडिजसँग पराजित हुँदा च्याम्पियन्स लिगमा रियल शाख्तरसँग पराजित भएको थियो । जसको कारण जिदानको पद समेत धरापमा परेको छ । तर, बार्सिलोनासँगको खेल जित्दै जिदान आफ्नो आलोचकको मुख टाल्न चाहन्छन् ।

अघिल्ला दुई खेलमा टिम बाहिर रहेका कप्तान सर्जियो रामोस टिममा फर्किएका छन् । इडेन हाजार्डले यस सिजन खेलेका छैनन् । उनी टिम बाहिर नै छन् । यसै डानी कार्भाजलले भने एल क्लासिको गुमाउने छन् ।

रोनाल्ड कोम्यानको टिम बार्सिलोना घरेलु मैदानमा उत्कृष्ट जितको खोजीमा हुनेछ । ४ खेलमा ७ अंक जोडेर दशौँ स्थानमा रहेको बार्सिलोना जितसहित अंक तालिका सुधारको लक्ष्यमा हुनेछ । तर, बार्सिलोना पहिलो रोजाईका गोलकिपर मार्क टेर स्टेगेनबिना मैदान उत्रने छ । डिफेन्डर स्यामुएल उम्टिटी टिम बाहिर रहदा जोर्डी अल्बाको समेत खेल्ने सम्भावना न्यून छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ । त्यस्तै सेभियाले आइबरसँग खेल्दा ओसासुनाले एथ्लेटिक बिल्बाओसँग खेल्नेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...