जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ गंगानगरमा ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको हो ।
जंगल नजिकैको बस्तीमा आएको जंगली हात्तीको आक्रमणबाट भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बस्तीमा पसेर आक्रमण गरेलगत्तै हात्ती फेरि जंगलतर्फ नै गएको छ । बस्तीमा पसेर मान्छे मारेपछि हात्ती जंगलमै फर्किएको हो ।
बिहान ४ बजेतिर बस्ती पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।