durbar-times

एमालेकाे नाम र चुनाव चिन्ह प्रयाेग गरी नयाँ दल खाेलेकाे भन्दै स्पष्टिकरण माग


एमालेकाे नाम र चुनाव चिन्ह प्रयाेग गरी नयाँ दल खाेलेकाे भन्दै स्पष्टिकरण माग

नेकपा (एमाले) ले नेता माधवकुमार नेपालपक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई एमालेकाे नाम र चुनाव चिन्ह दुरूपयाेग गरेकाे भनी स्पष्टीकरण सोधेको छ ।

संघीय सांसदलाई पठाइएको तीन पाने स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको भन्दै कारवाही किन नगर्ने भनेर सोधिएको छ।

पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’

कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

पत्रमा सच्चिन अन्तिम मौका भएको भन्दै एमालेको पक्षमा आउने प्रमाण पेस गरेमा त्यसमा पुनर्विचार गर्न सकिने उल्लेख छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send