किलियन एमबाप्पेले दुइ गोल गरेपछि पेरिस सेन्ट जर्मेन फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पिएसजीले लिललाई तीन शून्य गोलले हराएको हो । पिएसजीले लगातार सातौं सिजन फ्रेन्च कपको अन्तिम आठमा स्थान बनाएको हो ।
१३ औं मिनेटमा माउरो इकार्डीले पिएसजीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टिमा गोल गरे ।इन्जुरी समयमा एमबाप्पेले फेरि गोल गरेपछि पिएसजी फ्रेन्च कपको अन्तिम आठमा पुग्यो ।
एमबाप्पेले यो सिजन सवै प्रतिस्पर्धामा गरी २७ गोल गरिसकेका छन् । लिलका युसुफ याजिकीको पेनाल्टिी पिएसजी गोलकिपर नाभासले बचाएका थिए । माउरिसियो पोचेटिनोको टोली १४ औं फ्रेन्च कप जित्ने लक्ष्यमा छ ।