durbar-times

नेपालका लागि युएईका राजदुत र नेपाली विजनेस काउन्सिलबीच भेटवार्ता


नेपालका लागि युएईका राजदुत  र नेपाली विजनेस काउन्सिलबीच  भेटवार्ता

नेपाली विजनेस काउन्सिल युएई र नेपालका लागि युएईका  राजदुत साहिद हमदान अल नक्बीबीच भेटवार्ता भएको छ ।
युएईमा रहेर व्यवसायमा लागेका नेपालीहरुको  संस्था नेपाली विजनेस काउन्सिलको आयोजनामा युएईको दुबइमा उक्त भेटवार्ता भएको हो । कार्यक्रममा युएईमा रहेर व्यवसाय गरिरहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रममा काउन्सिलका अध्यक्ष आसिफ अलि सिद्दिकीले स्वागत मन्तव्य राख्दै युएई सरकारले नेपाललाई विभिन्न समयमा हुने समस्याहरुमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नक्बीले दुई देशबीचको व्यापार विस्तारमा हुने सम्भावना र कोभिडको महामारीमा नेपाललाई सहयोग गर्ने विषयमा युएई सकारात्मक रहेको कुरा बताएका थिए ।कार्यक्रममा युएईमा रहेका नेपाली व्यवसायीहरुको परिचय र कोभिडको कारण व्यावसायमा भएको जोखिम र त्यसको न्युनीकरणको विषयमा छलफल भएको काउन्सिलका महासिचिव दिपक पौडेलले नयाँ पत्रिकालाई बताए ।

नेपालबाट दक्ष र प्राविधिक कामदारहरुलाई युएईमा सहज तरिकाले रोजगारीमा आउने व्यवस्था मिलाउने, नेपालको उत्पादन युएई र युएईको उत्पादन नेपालमा सहज तरिकाले आयात निर्यात गर्न सकिने सम्भावनाको  विषयमा पनि छलफल भएको  पौडेलले बताए । नेपाल विजनेस काउन्सिल युएईमा रहेर व्यवसायमा लागेका नेपालीहरुको युएइबाट मान्यता प्राप्त संस्था हो ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send