Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

MCCकाे नारा लागेपछि प्रचण्डले राेके (भिडियाेसहित)


MCCकाे नारा लागेपछि प्रचण्डले राेके (भिडियाेसहित)

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोधमा लागेको नाराबाजीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा आमहड्ताल घोषणा गरेपछि बा १७ च ३०७१ नम्बरको प्राडो चढेर अनुगमनमा निस्केका प्रचण्डले आफू उपस्थित कार्यक्रममा अमेरिकी सहयोग एमसीसीको बिरोधमा नाराबाजी गरेपछि रोकेका हुन् ।

स्थायी कमिटी सदस्य पम्फा भुसाल, विष्णु रिजालसहितले नेतृत्व गरेको पुल्चोक धर्नास्थलमा पुगेका प्रचण्डले ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईरहेको बेला साथ दिएर मुट्ठी उचालिरहेका थिए, नारा लगाईरहेका थिए ।

तर अचानक ‘एमसीसी चाहिदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई सो नारा नलगाउन ईशारा गरे । तर, पनि नारा लागिरहयो, त्यसपछि अध्यक्ष प्रचण्डले भुसाललाई ईशारा गरेर सो नारा नलगाउन आग्रह गरे ।

लगत्तै, भुसालले पनि नारा लगाउनेलाई सो नारा नलगाउन आदेश दिएपछि फेरि ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईएको थियो । त्यसपछि प्रचण्ड आफ्नो सेतो प्राडोमा चढेर आमहड्तालस्थलवाट बाहिरिएका थिए ।

1

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

2

निफ्राको शेयर कारोबार ९० करोड रुपैयाँ

3

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

4

बियरिस ट्रेन्डमा नेप्से, लगानीकर्ता भन्छन् सामान्य करेक्सन हाे

5

राजेन्द्र महतोको प्रचण्ड–नेपाललाई प्रश्न: तपाईंहरुको कुन पार्टी हो ?

6

अब अनलाइन मिडियाबाट आइपीओ परे नपरेको रिजल्ट हेर्न नपाउने


Share Tweet Send