एनएमबि बैंकले १६.२०% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३% बोनस सेयर र कर प्रयोजन सहित ३.२०% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले यसपटक १ अर्ब ८७ करोड ८२ लाख ७ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।
यस्तै, ४६ करोड २३ लाख २८ हजार ९४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले २१% बोनस सेयर र १४% नगद लाभांश गरी ३५% लाभांश वितरण गरेको थियो ।
