durbar-times

इङ्ग्लयाण्डसँगकाे ओडिआइ सिरिज भारतलाई


इङ्ग्लयाण्डसँगकाे ओडिआइ सिरिज भारतलाई

इङ्ग्ल्याण्ड र भारबीचकाे तेश्राे तथा अन्तिम खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गरेकाे छ । याेसँगै दुई टाेलीबीचकाे सिरिज भारतले जितेकाे छ । तीन खेलकाे सिरिज भारतले २-१ ले जितेकाे हाे ।

पहिलाे खेल भारतले ६६ रनले जितेकाे थियाे भने दाेश्राे खेल इङ्ग्ल्याण्ले ६ विकेटले जितेकाे थियाे ।

अन्तिम खेलमा भारतले दिएकाे ३५० रनकाे लक्ष्य पछ्यायउने क्रममा इङ्ग्ल्याण्ले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाउर ३२२ रन बनाउन सक्यो । इंग्ल्याण्डका लागि स्याम करनले शानदार ब्याटिङ गरे पनि जिताउन सकेनन् ।

अन्तिम ओभरमा इंग्ल्याण्डलाई जितका लागि १४ रन आवश्यक थियो र २ विकेट बाँकी थियो । तर टी नटराजनले बलिङ गरेको उक्त निर्णायक ओभरमा इंगल्याण्डले १ विकेट गुमाएर ६ रनमात्र जोड्न सक्यो ।

इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाएका स्याम करनले ८३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ९५ रन जोडे । यस्तै डेभिड मालानले ५०, लियम लिभिङ्गस्टोनले ३६ र बेन स्टोक्सले ३५ रन जोडे ।

इंग्लयाण्डलाई जितबाट रोक्न भारतका शार्दुल ठाकुरले १० ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । भुवनेश्वर कुमारले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । टी नटराजनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ७८ रन बनाए । उनले ६२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send