इंग्लिस प्रिमियर लिग फुटबलमा आज साविक विजेता लिभरपुल र लेस्टर सिटि बिच रोमाञ्चक प्रतिस्पर्धा हुदैँ।
लिभरपुलको रंगशाला, एन्फिल्डमा हुने खेल नेपाली समयअनुसार आज राती १:०० बजे सुरु हुनेछ। तालिकामा लेस्टर तेस्रो तथा लिभरपुल चौथो स्थानमा रहेका छन्। समान ८ खेलबाट लेस्टरले १८ तथा लिभरपुलले १७ अंक बटुलेको छ।
चोटका कारण साविक विजेताका लागि मुख्य डिफेन्डर भर्जिल भ्यान डाइक, अर्का डिफेन्डर जो गोमेज, टिमका कप्तान जोर्डन हेन्डरसन र ट्रेन्ट अलेग्जेन्डर आर्नोल्ड यस् खेलमा उपलब्ध हुनेछैनन्।
टिमका मुख्य फर्वाड मोहम्मद सालाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनले पनि यस् खेल गुमाउने निश्चित छ।
यस्तै लेफ्ट ब्याक एन्ड्रु रोवर्टसन, डिफेन्सिभ मिडफिल्डर फाबिन्हो, सेन्ट्रल मिडफिल्डर थियागो अल्कान्टाराले पनि चोट बोकेका कारण खेल्ने नखेल्ने टुंगो लागेको छैन।
तर लिभरपुलका मुख्य खेलाडी उपलब्ध नहुने अवस्थामा लेस्टरलाई साविक विजेता विरुद्ध जित निकाल्ने सुनौलो अवसर रहेको छ।
यस् खेलमा जित निकाले लेस्टर ९ खेलबाट २१ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लने छ।