durbar-times

एन्फाकाे सहयाेगमा सावित्राकाे उपचार हुने


एन्फाकाे सहयाेगमा सावित्राकाे उपचार हुने

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी प्रमुख खेलाडी सावित्रा राजभण्डारीकाे उपचार अखिल नेपाल राष्ट्रिय फुटबल एसाेसिएसन(एन्फा)काे सहयाेगमा हुने भएकाे छ । सावित्रालाइ राष्ट्रिय महिला लिगकाे खेलअन्तर्गत गत साेमबार नेपाल पुलिससँगकाे खेलमा चाेट लागेकाे थियाे ।

उक्त चाेट लागेपश्चात एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको छ । बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना छ ।

‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ । साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामाना पनि गर्दछु,’ अध्यक्ष शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा सावित्राकाे लागि लेखेका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send