durbar-times

वातावरण प्रदुषणमा काे दाेषी ? सरकार कि नागरिक ?

नेपालकाे संविधानकाे धारा ३० काे उपधारा २ मा वातावरणीय प्रदुषण र ह्रासबाट हुने क्षतिबाट पीडितलाई प्रदुषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ , भनी व्यवस्था गरिएकाे छ ।


वातावरण प्रदुषणमा काे दाेषी ? सरकार कि नागरिक ?

नेपालकाे संविधानकाे धारा ३० काे उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणकाे हक हुनेछ । भनिएकाे छ । तर, नेपालकाे वर्तमान अवस्था हेर्दा याे उपधारा संविधानमा मात्र सिमित भएकाे देखिन्छ ।

वातावरण
वातावरण प्रदुषण ऐन ,२०७६ अनुसार ' वातावरण' भन्नाले प्राकृतिक , साँस्कृतिक र सामाजिक प्रणाली , आर्थिक तथा मानवीय क्रियाकलाप , यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्ध सम्झनुपर्छ ।

        वातावरण मानव जीवनको लागि अपरिहार्य छ । प्राकृतिक रूपमा वातावरण सजीव र निर्जीव वस्तुको सन्तुलनले बनेको हुन्छ । वातावरण मानव , जीवजन्तु र वनस्पतिको वासस्थान हो ।

वातावरण प्रदुषण
वातावरण संरक्षण ऐन, २०७६ अनुसार 'प्रदुषण' भन्नाले फोहोरमैला, रसायन , ताप , ध्वनी , विदुतिय , विदुत -चुम्बकीय तरङ्ग वा रेडियोधर्मी विकिरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने , क्षति पुर्याउने वा वातावरण लाभदायी वा उपयोगी प्रयोजनमा हानि पुर्याउने कार्य सम्झनुपर्छ ।

      प्रदुषण धेरै प्रकारका हुन्छन् । त्यसमा वातावरण प्रदुषण तीव्र गतिमा फैलिने प्रदुषण हो । ध्वनी प्रदुषण , फोहोरमैलाहरू वातावरण  प्रदुषणमा पर्ने गर्दछन् । वर्तमान परिस्थितिमा नेपालमा वातावरण प्रदुषण  अत्याधधिक मात्रामा बढ्दै गएको छ ।

नेपालमा वातावरण प्रदुषणको अवस्था :
जलवायु परिवर्तन, त्यसबाट सिर्जित परिणामहरू जस्तैः अम्लवर्षा, अतिवृष्टि, अनावृष्टि लगायतका कारण वातावरणमा नकारात्मक असर पर्ने गर्छ । मानव सिर्जित वातावरण प्रदुषणले मानवजगतलाई नै धरापमा पारिरहेकाे छ। हाल नेपालमा राजधानी काठमाडाैँ उपत्यकालगायत देशैभरी वातावरण प्रदुषण अत्याधिक मात्रामा भइरहेकाे छ ।

नेपालमा वातावरण प्रदुषणकाे मात्रा अत्याधिक रहेकाे छ । वातावरण प्रदुषणकै कारण चैत्र १७ देखि २० गतेसम्म देशभरिका विद्यालयहरू बन्द गरियाे । सरकारले नागरिकहरूलाई घरबाहिर ननिस्कन आग्रह गर्याे ।

अस्पतालहरूमा बिरामीकाे मात्रा बृद्धि भइरहेकाे छ । उद्याेग कलकारखानाहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । एकातिर काेराेना भाइरसकाे महामारी र अर्काेतिर प्रदुषणकाे भयावह स्थितिले गर्दा सर्वसाधारण जनता निराश बनेका छन् ।

                   हाल नेपालमा ६७ भन्दा बढी ठाँउमा आगलागी भएका कारण वातावरण अत्याधिक प्रदुषण भएको वातावरण विभागले जनाएकाे छ  । यसैको कारणले मानिसहरूको जीवनमा श्वासप्रश्वासको समस्या , आँखाको समस्या , घाँटीको समस्यालगायतका समस्याहरू देखा परिरहेका छन् ।

वातावरण प्रदुषण विशेषगरी मानवसिर्जित क्रियाकलापकाे परिणाम हाे । प्राकृतिक तथा कृत्रिम दुवैथरी प्रकाेपहरूकाे समष्टिमा प्रकृतिमाथि नकारात्मक असर पर्छ । जसकाे परिणाम मानिस लगायत सबै प्राणीले भाेग्नुपर्छ । वनजंगल विनाश, अव्यवस्थित शहरीकरण, अवैज्ञानिक विकाश प्रणाली तथा कानूनकाे निर्माण र कार्यान्वयनमा देखिने समस्या नै अहिलेकाे वातावरण प्रदुषणकाे मूल कारण हाे ।

नेपालमा हाल भइरहेकाे वातावरण प्रदुषणमा ६.५ प्रतिशत हिस्सा पुराना सवारीसाधनहरूकाे रहेकाे छ । २० वर्षभन्दा बढी समयदेखि निरन्तर प्रयाेग भैरहेका सवारीहरूका कारण वातावरणमा नराम्राे असर परिरहेकाे छ । पुराना सवारी व्यवस्थापनका लागि कानुन कार्यान्वयनमा आइसकेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा यसले गति लिन सकेकाे छैन ।

वायुमण्डलमा ओजोन ( O3) , नायट्रोजन डाइअक्साइड ( NO2) , बेनजेन , कारबोन मोनोअक्साइडड (CO) , सल्फर डाइअक्साइड आदिजस्ता पदार्थहरू भेटिने गर्छन् । तर अहिले जलवायु परिवर्तनका कारणले वायुमण्डलमा पाइने तत्वहरूकाे मात्रा कहिले घटिरहेकाे छ भने कहिले बढिरहेकाे  छ । यसैका कारणले पृथ्वीमा अतिवृष्टि र अनावृष्टि हुने गरेको छ जसले वातावरणमा असन्तुलन ल्याउने गर्छ ।

जैविक विविधताले वातावरणकाे सन्तुलन कायम राख्न मद्दत गर्छ ।यही कारण नेपालमा सिमसार क्षेत्रहरू , संरक्षित क्षेत्रहरू , राष्ट्रिय निकुञ्जहरु स्थापना गरिएका छन् । तर, हाल नेपालका जैविक विविधतामा नै ह्रास आइरहेकाे छ । यसका कारण पनि वातावरणमा असन्तुलन कायम हुन थालेकाे देखिन्छ ।  

सरकार र जनताको लापरबाही
नेपालकाे संविधानकाे धारा ३० काे उपधारा २ मा वातावरणीय प्रदुषण र ह्रासबाट हुने क्षतिबाट पीडितलाई प्रदुषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । भनी व्यवस्था गरिएकाे छ । तर, सरकारबाट याे कुराेकाे आशा गर्नु बेकार देखिन्छ । देशभर आगाे लागिरहेका अवस्थामा पनि सरकार विभिन्न ठाउँहरूमा शिलान्यास गर्नै व्यस्त देखिन्छ। पार्टीकाे बैठक र पदकाे लाेलुपताभन्दा अन्यत्र सरकारकाे ध्यान गएकाे देखिँदैन ।

मानिस एक सामाजिक प्राणी हो । उसले सही , गलत , ठिक , बेठिक छुट्टयाउन सक्छ । आफ्नो लागि के कार्य सही र के कार्य गलत उसले सजिलै बुझ्न सक्छ । तर, मानव जातिले नै वातावरण प्रदुषण गरिरहेका छन् । वनजङ्गमा आगो लाउने , पतकर सोरेर बाल्ने , प्लास्टिक सामाग्रीहरू जलाउने जस्ता अनुचित कार्यहरू मानवबाट नै भैरहेकाे छ ।

माैलिक हक र अधिकारकाे लागि लड्दा नागरिकले नागरिक अधिकारकाे पनि ख्याल गर्नुपर्ने हुन्छ । वातावरण प्रदुषणमा सरकारलाई मात्र दाेष थुपारेर जनता पन्छिन भने मिल्दैन । सरसफाइ र व्यवस्थापनमा सरकारकाे उचित सहयाेग गर्न जनताहरू सचेत हुनैपर्छ । तबमात्र समुन्नत र समृद्ध राष्ट्र निर्माणकाे सपना पुरा हुन्छ ।

निष्कर्ष
वातावरण के हाे ? वातावरण प्रदुषण के हाे ? वातावरण किन आवश्यक छ ? वातावरण प्रदुषणबाट केकस्ता असरहरू पर्न जान्छन् ? यी कुराहरूकाे राम्राेसँग ज्ञान भइसकेपछि जनताहरू सरकारसँग हातेमालाे गरी अघि बढ्न सक्छन् । सरकार र नागरिक सँगसँगै अघि बढ्ने हाेभने वातावरण प्रदुषण नियन्त्रण गर्न असम्भव छैन । कानुनकाे निर्माण र प्रभावकारी कार्यान्वयन गर्ने , नागरिकहरूमा सचेतना जगाउने , राष्ट्र र राष्ट्रप्रेमकाे भावना जागृत गराउने , स्वास्थ्य र सरसफाइकाे बारेमा जानकारी दिने हाे भने माैलिक हक कार्यान्वयनमा समस्या देखिँदैन । नत्र माैलिक हक र अधिकार संविधानमा मात्र सिमित हुने परम्परागत शैलीमा नै नेपालकाे संविधान कार्यान्वयनकाे परम्परा अघि बढिरहन्छ । समुन्नत र समृद्ध राष्ट्र निर्माणकाे उद्देश्य कागजमा मात्र सिमित भइरहन्छ ?

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send