युरोपा लिगमा ठुला क्लबले जित हात पार्दा मिलन भने पराजित


युरोपा लिगमा ठुला क्लबले जित हात पार्दा मिलन भने पराजित

युरोपा लिगमा ठुला क्लबले जित हात पार्दा मिलन भने पराजित भएको छ ।

इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले नर्वेको मोल्डे एफकेलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।

समूह 'बी' मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ ।मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तैप्रिमियर लिग क्लब लेष्टर सिटीले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको पोर्चुगिज क्लब ब्रागालाई ४-० ले पराजित गर्दै लेष्टरले लगातार तेस्रो जित निकालेको हो ।

जितसँगै लेष्टरले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह 'जी' को लेष्टरले ३ खेलमा ९ अंक जोडेको छ । लेष्टर समूहको शीर्ष स्थानमा रहेको छ । क्लब ब्रागा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

टोटेनहमले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै टोटेनहम समूह 'जे' को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो जित निकालेको टोटेनहमले ३ खेलमा ६ अंक जोडेको छ ।

अंक विहीन लुडोगोरेट्स पुछारमा रहेको छ ।

यता इटालियन क्लब एसी मिलान युरोपा लिग फुटबलमा पराजित भएको छ । समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो ।

जितसँगै समूह 'एच' को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ ।मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा स्पार्टा प्राग्वेले सेल्टिकलाई ४-१ ले हराएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...