इंग्लिश प्रिमियेर लिगअन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सीलाई पराजित गरेको छ भने म्यान्चेस्टर डर्बी गोल रहित बराबरीमा रोकिएको छ।
एभर्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सी १-० गोलले पराजित भएको छ। पहिलो हाफको २२ औं मिनेटमा सिगरसनले पेनाल्टी गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। सिगरसनको गोलबाहेक खेलमा थप कुनै गोल हुन नसक्दा एभर्टनले १-० को जित हात पारेको हो। जितसँगै एभर्टन १२ खेलमा २० अंक सहित अंक तालिकाको सातौँ स्थानमा छ भने चेल्सी १२ खेलमा २२ अंक सहित तेस्रो स्थानमा छ।
त्यस्तै गएरातिनै भएको म्यान्चेस्टर डर्बी गोलरहित बराबरीमा रोकिँदा दुवै टोलिले एक एक अंक बाँडेका छन् ।म्यान्चेस्टर युनाईटेडको घरेलु मैदानमा भएको खेलमा दुवै टोलिले कुनै गोल गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो। एक एक अंक बाँडेका दुवै टोलि तालिकामा ८ औं र ९ औं स्थानमा छन् । ११ खेलमा २० अंक सहित युनाईटेड तालिकाको ८ औं स्थानमा छ भने ११ खेलमा १९ अंक सहित सिटि तालिकाको ९ औं स्थानमा छ।