Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

विद्यार्थीको परीक्षा रोकेकोप्रति डा. केसीको आपत्ति, सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग


विद्यार्थीको परीक्षा रोकेकोप्रति डा. केसीको आपत्ति, सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले रामजी राम र पंकज कुमार रामको परीक्षा रोकेकोप्रति चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीले आपत्ति जनाएका छन् ।

उनले एक विज्ञप्ति प्रकाशित गरी अवैध तरिकाले रकम असुलीका लागि विद्यार्थीलाई यो व्यवहार गर्ने कलेजमाथि कागजी कारबाही मात्र गर्ने लाजमर्दो परिस्थिति अन्त्य गर्न माग गरेका हुन् ।

भोलिदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन र छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउनसमेत उनले माग गरेका छन् ।

‘मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रमध्ये एक अन्सारी प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संरक्षित मेडिकल कलेज संचालक तथा नेकपा नेता रहेको कसैबाट लुकेको छैन,’ विज्ञप्तिमा उल्लेख छ,’ उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नियामक निकायलाई नेटेर्ने तथा अवैध असुली गर्ने कलेजको सम्बन्धन खारेज गर्नुपर्ने समेत उनको भनाइ छ ।

नियामक निकायलाई नेटेर्ने र अवैध असुली गर्ने कलेजहरूको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायहरूले खाली कागजी निर्णय मात्रै गर्ने, तिनलाई कार्यान्वयन गराउन नसक्ने लाजमर्दो अवस्थाको तत्काल अन्त्य गर्नसमेत उनले ध्यानाकर्षण गराएका छन् ।

उनले नेशनल मेडिकल कलेजलगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षणसमेत गराएका छन् ।

अवैध असुली धन्दामा संलग्न कलेज संचालकलाई फौजदारी मुद्दा चलाउनसमेत उनले  सम्बधित निकायलाई आग्रह गरेका छन् ।

1

कांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

2

३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

3

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

4

सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

5

बाेनश घाेषणापछि टेलिकमकाे मूल्य घट्याे

6

नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन


Share Tweet Send