कोरोना पोजेटिभ देखिँदाको अनुभव र विचार


कोरोना पोजेटिभ देखिँदाको अनुभव र विचार

मान्छे एकदिन सबै मरेरै जाने चोला हो । तैपनि जन्मेपछि निश्चित अवधिसम्म बाँच्ने प्रयास र सङ्घर्षको सिलशीलामा मान्छे हरेक प्रयासबाट धेरै बाँच्ने आश राख्दछ । तर विश्वमा विभिन्न प्राकृतिक प्रकोप तथा मानवीय क्रियाकलापबाट सिर्जित विभिन्न दुर्घटनाबाट मान्छे हताहत हुने र अकालमा मर्ने गर्दछ ।

यस बीचमा कोरोना भाइरस चीनको वुहान प्रान्तबाट फैलिएर विश्व नै आतङ्कित भइरहेको अवस्थामा हाम्रो देश नेपाल पनि अछुतो रहेन । शुरु शुरुमा हाम्रो परिवेशको मनोविज्ञान कोरोना धेरै ठूलो रोग हो छोएपछि सर्छ र मरी हाल्छौं भन्ने भयो र हाम्रो मनोबल कम हुन थाल्यो ।

हुन त विश्वको शक्तिशाली देश चीन, इटली, स्पेन अमेरिका, बेलायतको कोरोना कहर हेर्दा धेरै डरलाग्दो अवस्था थियो । नेपालमा एकजना मानिसमा कोरोना सङ्क्रमण हुँदा देश नै लकडाउन गरिएको थियो । देशको आर्थिक समृद्धिमा कोरोना कहर बाधकको रुपमा थियो । जब छिमेकी मुलुक भारतमा सङ्क्रमणबाट व्याप्त हुँदै गर्दा सङ्क्रमणबाट देशका जनतालाई कम असर परोस् भन्ने आशयका साथ देश त लकडाउन गराइएको थियो ।

खुला सीमाका कारण भारतबाट नेपालका तराई जिल्लामा सङ्क्रमण हुँदै गर्दाको अवस्थामा नेपालमा सङ्क्रमण बढ्न थाल्यो बिस्तारै नेपालकै केन्द्र राजधानीको काठमाडौंमा सङ्क्रमण हुन थाल्यो । यसपछि अहिले कोभिडको हट स्पट नै काठमाडौलगाएत नजिकका जिल्लाहरु बन्न थालेका छन् । जब सार्वजनिक सवारी साधनहरु काठमाडाैंबाट बाहिरी जिल्लामा सञ्चालन हुनथालयाे त्यसपछि कोरोना सङ्क्रमण गाउँगाउँमा  केन्द्रित हुन थाल्यो ।

यसबीचमा कोरोना सङ्क्रमणका बारेमा  जनचेतना फैलाउने, सजकताका लागि बहस चर्चा लगायतको क्षेत्रमा सक्रिय रुपमा नै लागेको थिएँ  । गाउँमा पनि कोरोनाबारे सामाजिक सुरक्षा, आफ्नो उत्तरदायित्व, सावधानी आदिको विषयमा सबैलाई सचेत गराउने साबुन पानीले हात धुने, सामाजिक दूरी कायम राख्ने, मास्ककाे प्रयोग लगायतका कुरामा सबैलाई सूचना प्रवाहतिर र आफू पनि यसप्रति जिम्बेबारिका साथ आफ्नो मत अभिव्यक्त गरिरहेको नै थिएँ ।

जब नेपालमा पनि सङ्क्रमण समुदाय स्थरमा फैलिरहेको अवस्थामा म एक सत्य सूचना दिने हेतुले पत्रकारिता क्षेत्रमा भएका विभिन्न घटनाहरु संकलन गर्ने क्रममा फिल्डमा हिडेँ र हल्का सामान्य टाउको दुख्ने नाक टाल्लिने जस्ता सामान्य समस्याहरु आइरहेका थिय । गत असोज २२ गते पीसीआर चेक गरेकोमा २६ गते रेडियोमा कार्यरत एक सहकर्मीमा पोजेटिभ रिपोर्ट आयो र म पनि कन्ट्र्याक ट्रेशिङमा परेँ । मेरो पनि कात्तिक १ गते पीसीआर चेकका लागि स्वाब दिएँ । रिपोर्ट नआउँदासम्म म होम क्वारेन्टाइनमा नै बसेको थिएँ र गत ५ गते बिना लक्षण कोरोना रिपोर्ट पोजेटिभ आयो र मनमा खुल्दुली भयो के कारणले पोजेटिभ आयो भनेर । र कुरा बुज्दा पीसीआर गर्दा हल्का रुघा लागेको रहेछ, त्यही भएर भन्ने कुरा आयो । त्यसपछि म बाहुनेपाटी आइसोलेसनमा गएर बसेँ।

मेरो रिपोर्ट पोजेटिभ आउँदै गर्दा म घरमा छुट्टै बसिसकेको थिएँ । कोरोना कहर एकातिर आफूलाई फेरि कोरोना पोजेटिभ देखियोभन्दा मनमा अलिक बढी डर थियो । परिवारका सदस्यहरु पनि अलि डराएका र आत्तिएको महसुस गरेको थिएँ । आफू पत्रकारिता पेशामा लागेको हिसाबले समुदायका मानिसलाई पनि जानकारी होस् भनेर फेसबुकमार्फत सबैलाई जानकारी गराएँ ।

यसबीचमा धेरै साथीभाइ राजनीतिक व्यक्तित्व अंग्रज मलाई माया गर्नुहुने समुदायका व्यक्तिहरू सबैले मलाई फोन मेसेन्जर फेसबुकबाट स्वास्थ्य लाभको कामना तथा उच्च मनोबल प्रदान गरिरहनु नै भएको थियो । यसबीचमा मैले पूर्ण विश्वास त लिएको छु कि म छिट्टै निको हुनेछु । धेरै साथीभाइ इष्टमित्रहरुले स्वास्थ्य लाभको कामना गरिरहँदा यसबीचमा सबै साथीभाइ इष्टमित्र स्वास्थ लाभको कामना गर्नेहरु र घरका सदस्यहरुले तातोपानी, गुर्जो, तितेपातिको जराको झोल, पारिजातको बोक्राको झोल, अलैँची, बेसार तातोपानी, बोजो, टाईफाइट र निमोनिया हुँदा खाने झारपाते औषधि लगायतका औषधि नियमित निश्चित मात्रामा खानु भन्दै घरबाट औषधि ल्याइदिए र मैले त्यसलाई सेवन गर्न थालेकाे छु । सङ्क्रमण पोजेटिभ भएको खबर पाएको आज पाँच दिन हुँदा पनि ममा केही लक्षण देखिएकाे छैन र म पूर्ण रुपमा स्वस्थ छु।

दशैंको नजिक आफू सञ्चाे नभइसकेको हुँदा विभिन्न माध्यमबाट अग्रजहरु र कोरोना संक्रमित साथीहरुले आफ्नो अनुभव साटासाट तथा धेरै साथीभाइले फोनमार्फत हौसला प्रदान गराइरहँदा एकदमै खुशी लाग्थ्यो र सगैँ भए जस्तो महसुस हुन्थ्यो । काेराेनाकाे बारेमा केही व्यक्तिहरूले अफवाह तथा भ्रामक कुरा फैलाउने गरेकाे पनि पाइयाे।बिस्तारै उहाँहरूले पनि कोरोनालाई बुझ्नुहुनेछ भन्ने अपेक्षा गरेकाे छु ।

कोरोना भाइरसबाट नआतिउँ, नडराउँ । कोरोनासँग लड्न आफ्नाे आत्माबल बलियो बनाऔं र सुरक्षित रहौं ।  कोरोनाबाट आफूपनि बचौं, अरुलाई पनि बचाऔं ।

लेखक सुशिल सुवेदी पेसाले पत्रकार हुन र हाल दरबार टाईम्सको सिन्धुपाल्चोक संवादाता हुन्।

सङ्क्रमितलाई घृणा होइन, सहयोग र माया दिऔँ
“हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु” कोभिड–१९बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा …
देशको चिता नजलोस्
अनसनको २६ औँ दिनमा हिजो डा गोविन्द केसी र सरकारी वार्ता टोली बीचको रातिको वार्ता पनि निष्फल भयो। डा केसीको स्वास्थ्य जटिल मोडमा पुग्दैछ, कुनै क्षण जे पनि हुन सक्छ। डा केसीको सत्याग्रह अनसनको आज २७ औँ दिन हो, यो आजसम्मकै सबैभन्दा लामो अनसन हुन पुगेको छ। सरकार गैरजिम्मेवारी मात्र हैन आफू र आफ्नो दलला…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...