http://bit.ly/bajajdurbartimes

व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण


व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण

विराटनगर | परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ ।

यसका लागि महानगरपालिकाले किसानलाई रु १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले रु १० लाख थपेर कृषि औजार रिपर खरीद गर्ने योजना बनाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।

विराटनगर–१९ मा रहेको खापटोलमा स्थानीय कृषकको समूहले २२ बिघा क्षेत्रफलमा गहँु खेती गरेका छन् । महानगरपालिकाको गहुँपकेट कार्यक्रमअन्तर्गत बरियाली कृषक समूहले खेती गरेका हुन् । समूहमा २५ जना किसान संलग्न छन् । त्यहाँ विजय जातको गहुँ लगाएका छन् ।

खेतीका लागि महानगरको कृषि शाखाले गुणस्तरयुक्त सो जातको बीउबिजन प्रदान गरेको थियो । यसका अलावा कृषकलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कृषि विज्ञ र कर्मचारीसहितको टोलीले गहुँको पकेट क्षेत्रको स्थलगत निरीक्षण गर्दै कृषकका आवश्यकता र स्रोत साधनको व्यवस्थापनसमेतका विषयमा जानकारी लिए।

सोही अवसरमा कृषकहरुद्वारा आयोजित छलफलमा समेत प्रमुख पराजुली सहभागी भएका थिए । कृषकले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरेबमोजिम महानगरले रु १० लाख दिने भएको छ । यसमा कृषकले समेत रु १० लाख थप गरी रु २० लाखको लागतमा कृषि औजार खरीद गर्ने भएका छन् । विराटनगर–१८ र १९ मा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रित गरेको छ भने कृषकका लागि विभिन्न सेवा दिँदै आएको छ । विराटनगर क्षेत्रमा खाली भूभागमा धान खेती, तरकारी खेती, मकैबाली, गहुँबाली जस्ता बाली लगाउने गरिएको छ भने केही किसानले आँपका बगैँचा पनि लगाएका छन् । महानगरपालिकाका प्रमुख पराजुलीले कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि सक्दो सहयोग गर्ने बताए ।रासस

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send