बार्सिलोनाका अध्यक्ष बर्टोमेउद्धारा पदबाट राजीनामा


बार्सिलोनाका अध्यक्ष बर्टोमेउद्धारा पदबाट राजीनामा

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् ।

उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए । समर्थकले उनलाई राजीनामा दिन दबाब दिदै आएका थिए । बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थिएन । मेस्सीले समेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई क्लबमा खुसी राख्न असफल बनेपछि अध्यक्ष बर्टोमेउ आलोचित बन्दै आएका थिए । गत अगष्टमा मेस्सीले क्लब छाड्ने निर्णय सुनाएका थिए ।

उनी सहित क्लबका सम्पूर्ण बोर्ड सदस्यले पदबाट राजीनामा दिएका थिए । गत शनिबार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसंग ३–१ को हार ब्यहोरेको थियो ।

बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...