समूह 'जी' को खेलमा बार्सिलोना र युभेन्ट्सको जित


समूह 'जी' को खेलमा बार्सिलोना र युभेन्ट्सको जित

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । युभेन्ट्सले  दोस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै समूह 'जी' को बार्सिलोनाले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।

बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ । बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत रहेको छ । ३ खेलमा १ अंक जोडेको किभ तेस्रो स्थानमा रहेको छ ।

युक्रेनी क्लब एफटिसीलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेट्सले दोस्रो जित निकालेको हो ।

जितसँगै समूह 'जी' को युभेन्ट्सले ३ खेलमा ६ अंक जोडेको छ । युभेन्ट्स समूहको दोस्रो स्थानमा रहेको छ । एफटिसी ३ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...