बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा सतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।
बुधबार भएको समूह एचको खेलमा बार्सिलोनाले हंगेरीको एफटीसीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एक एक गोल गरे ।
बार्सिलोना यसअघिनै प्रतियोगिताको नकआउट चरणमा पुगिसकेको छ ।
बार्सिलोना १५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । हंगेरीको क्लबको मात्र एक अंक छ ।
यो पनि: